काठमाडाैं - तराई–मधेश तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने सहमति पछि संसदको अवरोध खुलेको छ।
सभामुख महराले आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएपछि संसद बैठक सुचारु भएको हो। यसअघि राष्ट्रिय जनता पार्टीको अवरोधका कारण बुधबार बसेको प्रतिनिधि सभा बैठक स्थगित भएको थियाे। बैठक सुरु हुने वित्तिकै राजपाका सांसदहरुले विरोध जनाएका थिए।
बैठक सञ्चालनमा अवरोध गर्नुअघि बोल्दै राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४