आइतबार, साउन १७, २०८३

पूर्वराजा ज्ञानेन्द्र आजबाट मध्यतराईकाे भ्रमणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार (आज)बाट मध्यतराईको भ्रमण शुरु गरेका छन् । उनले आफ्नो यात्रा धनुषाबाट सुरु गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र आज जनकपुर पुग्ने र भोली सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ। 

पूर्वराजाले २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिर र तीन गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी झापा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । 

भ्रमणका क्रममा पूर्वराजा शाहले शुभेच्छुकहरुसँग भेट गर्नुका साथै मुलुकको पछिल्लो अवस्था बारे परामर्श समेत गर्ने बताइएको छ । तराई भ्रमण कार्यक्रम यसअघि नै तय भएपनि पूर्व मुमाबडामहारानी अस्वस्थ भएपछि उनले कार्यक्रम स्थगीत गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।