आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवरण नपाएपछि लोकसेवाले माग्यो थोरै संख्यामा खरिदार

विवरण नपाएपछि लोकसेवाले माग्यो थोरै संख्यामा खरिदार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले रिक्त दरबन्दीको विवरण उपलब्ध नगराएपछि लोकसेवा आयोगले थोरै संख्यामा मात्रै खरिदारको माग गरेको छ । अधिकांश न्याय सेवा, केहि ब्यबस्थापिका संसद र लेखापरिक्षणका लागि मात्रै आयोगले आवेदन खुला गरेको हो । 

बुधबार गोरखापत्रमा सुचना निकाल्दै आयोगले पुरानै संरचनाअनुसार १४ अञ्चलका कार्यालयहरुबाट खरिदारको दरखास्त दिन मिल्ने गरि आवेदन खोलेको जनाएको छ । प्रत्येक अञ्चल कार्यालयबाट करिब २० देखि २५ को संख्यामा मात्रै न्याय सेवा, ब्यबस्थापिका संसद र लेखापरिक्षणका लागि आवेदन दिन माग गरेको छ । 

सबैभन्दा बढि लोकसेवा आयोग काठमाडौं कार्यालयमार्फत ६५ जनाको दरखास्त मागिएको छ । प्रशासन तर्फ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दीको विवरण उपलब्ध नगराएपछि एक जना पनि माग गरिएको छैन । यसअघि नासु र शाखा अधिकृतको विज्ञापन गर्दा पनि मन्त्रालयले विवरण नदिएपछि आयोग अप्ठेरोमा परेको थियो । 

हेर्नुहोस सूचना


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।