आइतबार, साउन १७, २०८३

दोहोरो अङ्कले बढ्यो शेयर बजार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - मंगलबार शेयर बजार बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ। कारोवार रकममा मंगलबार उल्लेख्य मात्रामा वृद्धि भएको छ। कूल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर वृद्धि भएको छ। बैंकिङ २२.२८, व्यापार ५.३२, होटल २२.९४, विकास बैंक १८.७६, जलविद्युत् ३२.१२, वित्त ५.२१, निर्जीवन बीमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बीमा ७७.१७ विन्दुले बढेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्