आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पदीय दुरुपयोग गर्दै आफ्नै संस्थाको काममा सहकारी बोर्डका सहअध्यक्ष पौडेल, हबको कारोबार पनि असुरक्षित

पदीय दुरुपयोग गर्दै आफ्नै संस्थाको काममा सहकारी बोर्डका सहअध्यक्ष पौडेल, हबको कारोबार पनि असुरक्षित

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पदको दुरुपयोग गरी सरकारी स्रोतमा आफू अध्यक्ष रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडको काम गरिरहेको पाइएको छ।
 |  बुधबार, साउन १३, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, साउन १३, २०७८

vianetvianet

काठमाडौं– राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पदको दुरुपयोग गरी सरकारी स्रोतमा आफू अध्यक्ष रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडको काम गरिरहेको पाइएको छ। सहअध्यक्ष पौडेलले हब कोअपरेटिभको अध्यक्ष भएर काम गरिरहेका छन्।

triton college

बोर्डको अध्यक्ष सहकारी मन्त्री हुने व्यवस्था छ। सहअध्यक्ष  कार्यकारीको भूमिकामा रहन्छन्। पौडेलले बिहान १० देखि ५ बजेसम्म बोर्डका लागि छ्ट्याउनुपर्नेमा आफ्नै संस्थामा व्यस्त हुने गरेको बोर्डका एक उच्च कर्मचारी बताउँछन्। ती कर्मचारी भन्छन्, ‘सहअध्यक्षको सुविधाको गाडी हब कोअपरेटिभको प्रचारप्रसार र सहकारीको सदस्य विस्तारमा प्रयोग भइरहेको छ।’ 

यस्तै हब कोअपरेटिभले अनुमति नलिईकनै डिजिटल कारोबार गर्दै आएको छ। पौडेल प्रभु बैंकका सञ्चालक हुन्। उनीमाथि राष्ट्र बैंकले केही समयअघि कारबाही गरेको थियो। 

‘सहकारी विकास बोर्ड सम्पूर्ण सहकारीहरुको अभिभावक संस्था हो। सहअध्यक्षले सबै सहकारीको प्रवर्धन गर्नुपर्छ। आफ्नो मात्र सहकारीको प्रवर्धन गर्नु अनैतिक काम हो’, बोर्डका पूर्व रजिस्ट्रार एवं लोकसेवा आयोग बाग्मती प्रदेश कार्यालयका सदस्य सुदर्शन ढकाल भन्छन्। पौडेलले हब सहकारीको प्रचार गर्ने हो भने बोर्डबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: Jul 28, 2021| 14:15 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्