आइतबार, साउन १७, २०८३

जन्ती बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १८ जना घाइते भएका छन्।

भक्तपुरबाट जन्ती बोकेर हेटौडा गइरहेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका २ धरमपानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि ज्यान गुमाउनेमा काभ्रेका नवराज परियार र नुवाकोटका विकास धमला रहेका प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परि घाइते भएकाहरुको हेटौडा र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको थियाे। दुर्घटनामा बेहुला चढेको गाडी भने सुरक्षित रहेको छ। जन्ती आएका तीन बस मध्ये पछाडि रहेको बस दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।