आइतबार, साउन १७, २०८३

मन्त्रिपरिषद हेरफेरबारे ओली र दाहालबीच छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्। साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आइपुगेका दाहालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा मन्त्रिपरिषदमा हेरफेर गर्ने बारे छलफल भएको बताए।

'आज बिहान मात्रै मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भएको थियो', उनले भने, 'प्रधानमन्त्रीले दुई अध्यक्षकाबीच सामान्य सल्लाह गर्न खाेज्नु भएकाे हाे। गर्नै पर्‍यो भने केही हेरफेर पनि हुन सक्छ तर अहिले हतारो छैन।' उनले यस विषयमा प्रधानन्त्रीलाई स्वयम निर्णय लिन आफूले सुझाव दिएको बताए। दाहालले प्रधानमन्त्रीलाई 'यो तपाईको मूल्याङ्कन र क्षेत्राधिकार भित्र पर्ने कुरा हो, यसको निर्णयसमेत तपाई आफै  लिनुस्' भनेर जवाफ दिएको बताए।

सिके राउतसँग सरकारले गरेको सम्झौता सकरात्मक भएको र यसले पृथकतावादी समूहलाई राष्ट्रिय एकतामा ल्याउने काम गरेको दाहालले बताए। राउतका कार्यकर्ताले फेरी पनि स्वतन्त्र मधेशको पक्षमा नारावाजी गरिरहेको सन्दर्भमा उनले राउतलाई आफ्ना कार्यकर्ता सम्झाउन केही समय लाग्न सक्ने बताए। उनले भने 'सायद उहाँहरुलाई आफ्नो कार्यकर्ता सम्झाउने वातावरण चाहिएको होला। भर्खरै जेलबाट छुटेर आएको बेलामा त्यो मिलाउनु पर्ने होला।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।