आइतबार, साउन १७, २०८३

सरकार–सीके सम्झौता राष्ट्रघाती : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउत समूहबीच भएको ११ बुँदे सम्झौता राष्ट्रघाती भएको बताएका छन्। 

कास्कीको पोखरामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले नेपालको कुनै पनि भू–भाग टुक्र्याउने कुरा सैह्य नहुने बताएका हुन्। उनले सम्झौतामा जनअभिमत भन्दै जनमत संग्रह खुला गरिएको बताउँदै उक्त कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए। 

राउत मूलधारको राजनीतिमा नआउने दाबी गर्दै देउवाले उनका गतिविधि र अभिव्यक्तिको सरकारले खण्डन नगरेकोप्रति आपत्ति जनाए।

‘प्रतिपक्ष कमजोर देखियो नि’ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले ‘भोट हाल्ने बेलामा कम्युनिष्टलाइ हाल्ने अनि कांग्रेसको खोजी गर्ने’ भन्दै प्रतिप्रश्न गरेका थिए। उनले आफूहरू एमालेजस्तो तीन महिनासम्म संसद नै चल्न नदिने पार्टी नभएपनि सरकारका क्रियाकलापले हद नाघेपछि सशक्त आन्दोलनमा जाने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।