शनिबार, असार २१, २०८२

भाजु पोखरी रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
भक्तपुर-  भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । 

भक्तपुर नगरपालिकाले गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ । 

पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गरे । उनले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (विसं १७२७) मा काठमाडौँको रानी पोखरी निर्माण भएको दाबी गर्दै उहाँले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उनको भनाइ छ । 

ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भाज्या पोखरी १२ औँ शताब्दी पुरानो रहेको बताए । 

नगरपालिकाले विसं २०५९ मा शुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उनले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पारे ।  

उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाइ राख्दै उहाँले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाइ राखे 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याउनुभयो । उहाँले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्न नगरपालिका अगाडि बढेको बताउँदै भाज्या पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भन्नेबारेमा थप छलफल र गहन अनुसन्धान हुनुपर्ने औँल्याए ।  

भाजु पोखरीलाई पुरानै आकारप्रकारका इँटा र शैलीमा बनाएर मौलिकता जोगाउन सहभागीहरुले नगरपालिकालाई सुझाव दिएका थिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।