काठमाडौं : काठमाडौं प्रधानसेनापति पूर्णचन्द्र थापा सुरक्षा अवस्था बुझ्न सुदुर पश्चिम भ्रमणमा निस्केका छन्।
सेनापति थापाले सोमबार धनगढीस्थित श्री नं।५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए।
सेनापति थापाले श्री सुदूर पश्चिम पृतना हे।क्वा। अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी मिति २०७५ फाल्गुन २९ गते काठमाडौं फिर्ता हुने कार्यक्रम छ। नेपाली सेनाका प्रवक्ता सहायकरथी यमप्रसाद ढकालले नियमित भ्रमण तालिकाअनुसार नै सेनापतिबाट निरीक्षण भएको जानकारी नेपाल समयलाई दिए।
सेना दिवसपछि सेनापति ब्यारेक दौडाहमा निस्केका हुन्।सेना दिवसको अवसर पारेर आयोजित पृतनापति समन्वयात्मक बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको थियो।
पृतनापति समन्वयात्मक बैठकको रूपमा आयोजना गरिने जर्नेल सम्मेलनलाई सेनाको नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरू एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने सेनाको सबैभन्दा महत्वपूर्ण मञ्चको रूपमा लिने गरिएको छ । यसले सेनाको अप्रेसनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४