आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय अखण्डताकाे विषयमा जनमत संग्रह हुनै सक्दैन : प्रधानमन्त्री

राष्ट्रिय अखण्डताकाे विषयमा जनमत संग्रह हुनै सक्दैन : प्रधानमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्। सोमबार राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका बुँदालाई अनर्थ नलगाउन आग्रहसमेत गरे। उनले राजनीतिक विषयमा जनमत संग्रह भएपनि राष्ट्रको अखण्डता, सार्वभौमिकतालगायतका विषयमा भने जनमत संग्रह हुन नसक्ने भएकाले यसलाई अतिरञ्जित नगर्न उनले आग्रह गरे। पृथकतावादको आवाज सानो भएपनि त्यो विषाक्त हुनसक्ने बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई सरकारले समाधान गरेको बताए।

सिके राउतसँग भएको सहमतिले केही व्यक्ति पानी विनाको माछा जस्तै भएको उनले आरोप लगाए। सहमतिलाई लिएर केही व्यक्तिहरुले आपत्ती जनाइरहेकोमा उनले भने, 'पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी विनाको माछा जस्तो भुटभुटिएका छन्।’ सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन नै समाप्त भएकाे ओलीले बताए। विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल धारमा रहने सहमति धेरै ठूलो कुरा हो भन्दै उनले वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको विरोध भएको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।