आइतबार, साउन १७, २०८३

फत्तेपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा खोलेको छ। शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले सोमबार उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा उनले दुर्गम तथा ग्रामीण भेगमा समेत उपस्थिति सवल बनाउदै गएकोमा बैंकको प्रशंसा गरेका छन्। बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ।

बैंक अनुसार वासलातको आकार २१५ अर्बभन्दा बढी पुगेको छ। निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४९ अर्ब पुगेको छ। बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार पुगिसकेको दावी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्