आइतबार, साउन १७, २०८३

कोइरालाको गढमा देउवाको दौड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- २००७ सालको क्रान्तिको बिगुल फुक्ने र कोइरालाहरूको 'स्ट्रङहोल्ड' मानिने मोरङमा पछिल्ला महिनामा देउवाको आगमन बढ्दो देखिएको छ ।

१४ औँ महाधिवेशन नजिकिएसँगै देउवाको शक्ति प्रदर्शन पनि मोरङ र खासगरी विराटनगरमा बढ्दो क्रममा देखिएको छ । यसको उदाहरण लिन फागुन २३ गते बिहीबारको घटना हेरे पुग्छ । उक्त दिन शेरबहादुर देउवा कुनै राजनीतिक कार्यक्रममा आएका थिएनन् । न त कुनै विजय उत्सव मनाउनै आएका थिए । विराटनगरको न्यु सृष्टि दैनिकको वार्षिकउत्सव समारोहमा आएका थिए देउवा ।  तर जसै देउता विराटनगर विमानस्थलमा ओर्ले, उनको स्वागतमा सयौं कार्यकर्ता आए ।

मोरङ कांग्रेसका एक नेताका अनुसार देउवाको पक्षमा मोरङमा जनमत छ भन्ने देखाउन दर्जन बढी गाडी 'रिजर्भ' गरेरै कार्यकर्ता विमानस्थल पुगेका थिए । यसअगाडि कहिल्यै यस्तो जमातमा स्वागत नगर्ने कार्यकर्ताहरू उतार्न मोरङका देउवा क्याम्पसका नेताहरू  रमेशजंग रायमाझी र अमृत अर्यालले अगुवाइ गरेको कोइराला पक्षीय एक नेताले बताए ।

केन्द्रीय सदस्य अर्याल र राष्ट्रियसभा सदस्य तथा स्वर्गीय कांग्रेस नेता खुमबहादुर खड्काका विश्वास पात्र मानिने  र हाल देउवा क्याम्पसका मोरङ बलिया नेता रायमाझीले कोइराला क्याम्पलाई सन्देश दिन यस्तो गरेको कांग्रेस नेताहरू बताउँछन् ।  अरू बेला प्रदेश १ का कोसी कोरिडोरका कार्यक्रममा आउँदा सामान्य रूपमा विराटनगर विमानस्थलबाट आउने देउवालाई 'रोयल' वेल्कम गर्नुमा महाधिवेसनको सरगर्मी भएको कांग्रेस नेताहरू बताउँछन् ।


तीन कोइराला एक भएपछि मोरङ आगमन बढाउँदै देउवा

१३ औं महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए कोइरालात्रय– सुजाता कोइराला, शशाङ्क कोइराला र शेखर कोइराला । तर महामन्त्री भए शशाङ्क । कोइरालात्रय मिल्नुपर्छ भन्ने पार्टीबाट दबाब आएपछि कोइरालाहरू एक ठाउँमा आएको औपचारिक दिन बन्यो २०७५  साउन ४ गते । काठमाडांैको टोखास्थित शशाङ्क निवासमा तीन कोइरालाले भेट गरे । मिडियामा 'लन्चमिटिङ' भनिएको उक्त भेलालाई कोइराला एक भएको सन्देश दिएको उनीहरूले सार्वजनिक अभिव्यक्ति दिएका थिए । साउन ४ मा एकजुट भएको औपचारिक सन्देश दिएका कोइरालात्रयले एक महिनापछि भदौ ८ गते पुनःशशाङ्क निवासमै भेटे कोइरालात्रयले ।

उपत्यकामा भेटेको तीन महिनापछि विराटनगरमा आएर एकै मालामा बाँधिए कोइरालात्रय । गत मङ्सिर ३ गते गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बनेको जिपी कोइराला फाउन्डेसनको कार्यक्रमको अवसरमा कोइरालात्रयले एकै माला लगाएका थिए । कार्यक्रममा बोल्दै पार्टी महामन्त्री शशाङ्क कोइरालाले शेखर कोइरालाले नेतृत्व लिन सक्ने बताए । कोइराला परिवारका सदस्य तथा पार्टी महामन्त्री शशाङ्क कोइरालामात्रै हैन, देउवानिकट मानिएका मोरङ सभापति डिकबहादुर लिम्बुले पनि कोइराला परिवारमा नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखे ।

यसरी विराटनगरमा तीन कोइरालाले एकै माला लाएको र आफ्नै क्याम्पसका सभापतिले भाबी नेतृत्व कोइरालामा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिएकै भोलिपल्ट देउवा मोरङमा आए ।  मङ्सिर ४ गते मंगलबार विराटनगर आर्लेका देउवा  राजनीतिक प्रतिवेदनका लागि प्रदेशस्तरीय सुझाव सङ्कलनका लागि आयोजित प्रदेश भेलामा सहभागी भएका थिए । विराटनगरको वीरेन्द्र सभागृहमा  शेखर कोइरालासँगै मञ्च सेयर गरेका देउवाले कोइरालासँग संवाद गरेनन् ।

वीरेन्द्र सभागृहको कार्यक्रमको ठिक अर्को महिना पनि देउवा पुनः मोरङ आए ।  पुस २१ र २२ गतेको प्रदेश १ स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमका लागि २१ गते उत्तरी मोरङको लेटाङ आए देउवा । उक्त दिन सयौं कार्यकर्ताहरू उतारेर देउवाको 'भव्य' स्वागत गर्न देउवा क्याम्पसका नेताहरू लागिपरेको मोरङ कांग्रेसका नेताहरू बताउँछन् ।

देउवाका लागि टाउको दुखाइ : पुरञ्जन आचार्य

यसरी पछिल्ला ४ महिनामा ३  पटक मोरङ आएका छन् सभापति देउवा । मङ्सिर ४ गते सामान्य रूपमा आएका उनलाई पुस २१ र फागुन २३ मा आउँदा भने स्वागत गर्ने कार्यकर्ताको संख्या बढ्दो क्रममा छ । यसलाई कतिपयले देउवाको शक्ति प्रदर्शनको रूपमा व्याख्या गर्न थालेका छन् ।

राजनीतिक टिप्पणीकार पुरञ्जन आचार्यका अनुसार शेखर कोइरालाको सक्रियताले देउवाको टाउको दुखाइ भएको छ । 'मोरङ कांग्रेस पूर्वी तराईको सबैभन्दा बलियो गढ हो र यो शेखर कोइरालाको जिल्ला पनि हो', आचार्यले पत्रकारसँग भने, 'आफ्नो सभापतिका लागि कोइराला थ्रेट भएको महसुस गरेका छन् देउवाले । त्यही भएर मोरङमा सक्रियता बढाएका हुन सक्छन् ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।