काठमाडौं- इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकी एक नेपालीको पहिचान भएको छ । दुर्घटनामा परी बिश्व खाद्य कार्यक्रम (डब्लूएफपी) इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारीको रहेको पुष्टि भएको हो ।
इथियोपियाबाट एक कार्यक्रममा भाग लिन केन्या जाने क्रममा आइतबार भएको इथियोपियन बिमान दुर्घटनामा परी उनको मृत्यु भएको हो। दुर्घटनामा अधिकारीसहित डब्लूएफपीका अन्य केही कर्मचारीको निधन भएको छ।
आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको थियो ।
विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए।
यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ। विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४