आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिके राउतसँगको सम्झौताबारे सरकारले प्रष्ट्याउनु पर्छ : नेता पौडेल

सिके राउतसँगको सम्झौताबारे सरकारले प्रष्ट्याउनु पर्छ : नेता पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानार्थ कांग्रेस कास्कीद्वारा आइतबार आयोजित कार्यक्रममा उनले सम्झौताको भाषा प्रष्ट नभएको बताए। 

प्रधानमन्त्रीकै उपस्थितिमा सीके राउतले सरकारले जनमत सङ्ग्रह स्वीकारेको भनेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय अखण्डता, अविभाज्यताजस्ता विषय भाषण गरेर मात्रै नहुने उल्लेख गरे। 

पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी एक भयौँ भन्दैमा एकता हुने होइन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ?’ तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुनपर्ने बताउँदै उनले मुद्दा, विषयवस्तुमा एकता हुनुर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवाले शनिबार म्याग्दीस्थित तातोपानी कुण्डमा सँगै नुहाएका थिए। 

राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै उनले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने धारणा राखे। पार्टीको समग्र सुधारका लागि आफूले कार्यतालीकासहित प्रस्ताव पेश गरेको बताउँदै उहाँले त्यसअनुरुप महाधिवेशनको तयारी गर्न आग्रह गरे। 

कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले छ महिनामा १८ प्रतिशत मात्र विकास खर्च हुन सकेको बताउँदै उनले स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस आदिमाथि हस्तक्षेप हुने गरेको आरोप लगाए। केन्द्रीय सदस्य गुरुराज घिमिरेले इतिहास र कथाको चर्चाले मात्र पार्टीलाई अघि बढाउन नसकिने बताउँदै केन्द्रदेखि वडास्तरसम्म पार्टी सङ्गठनलाई मजबुत बनाउने गरी अघि बढ्नुपर्ने बताए। 

कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका नव निर्वाचित कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्लाई वरिष्ठ नेता पौडेलले खादा लगाएर सम्मान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।