बिहीबार, भदौ ४, २०८३

कुलमानविरुद्धको रिटको पेसी सर्‍यो

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी सरेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी सरेको छ। 

न्यायधिस कुमार रेगमीको इजलासमा तोकिएको पेसी इजलास बस्न नसक्दा आगामी मंगलबारका लागि सरेको हो। यसअघि शाक्यले आफू पदमा बहाल हुँदाहुँदै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै गत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

गत वर्ष भदौमा घिसिङको कार्यकाल सकिएपछि मन्त्रिपरिषद् बैठकले गत कार्तिकमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो। त्यसपछि गत माघमा कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई वर्तमान सरकारले उर्जा आयोगमा सरुवा गर्दै सो स्थानमा घिसिङलाई नियुक्त गरेको छ।

प्रकाशित: Aug 19, 2021| 07:32 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।