आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साफ महिला फुटबलको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

साफ महिला फुटबलको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विराटनगरमा मंगलबारदेखि शुरु हुने पाँचौ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौ साफ महिला फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल संघ (एन्फा)का प्रवक्ता तथा प्रचार प्रसार समिति संयोजक किरण राईले जानकारी दिए । 

प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने राईले जानकारी दिए । उद्घाट्न खेलमा नेपालले भुटानको समान गर्दै छ । खेल शहिद रंगशालामा नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरु हुने छ । 

प्रतियोगिता सञ्चालनका लागि विराटनगर महानगरपालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ । साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रंगशालाको रङ्गरोगन, महिलामैत्री रंगशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका सम्पूर्णकार्य सम्पन्न भएको राईले जानकारी दिए । 

संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतको सबै तयारी पूरा भएकोसमेत बताए । एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्राष्ट्रियस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।