नैरोबी - केन्यामा हवाई जहाज दुर्घटना हुँदा १ सय ५७ जनाको मृत्यु भएको छ। इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा १ सय ४९ यात्रु रहेका छन् भने ८ जना चालक दलका सदस्य रहेका छन्।
आडीस अबाबाबाट नैरोबी आउँदै गरेको विमान उडेको केही समयभित्रै दुर्घटनामा परेको एयरलाइन्सले जानकारी दिएको छ। उक्त विमान आडीस अबाबाको बोले एयरपोर्टबाट स्थानीय समयअनुसार विहान ८ बजेर ३८ मिनेटमा उडेको र उडान भरेको केही मिनेट अर्थात ८ बजेर ४४ मिनेटमै टावरसँग सम्पर्क विच्छेद भएको थियो। विमानमा ३३ राष्ट्रका यात्रु सवार रहेको बताइएको छ।
विमान आडीस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वि क्षेत्रमा रहेको विसोफ्टु नजिकै दुर्घटनामा परेको थियो। गत अक्टोबरमा इन्डोनेसियामा भएको विमान दुर्घटनामा १ सय ८९ जनाको ज्यान गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४