आइतबार, साउन १७, २०८३

महिलालाई आत्मनिर्भर बन्न मन्त्री अर्यालको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन आग्रह गरेकी छन्। राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आज (आइतबार) सुरु भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’ को उद्घाटन गर्दै मन्त्री अर्यालले महिलालाई आत्मनिर्भर बन्न आग्रह गरेकी हुन्।

मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरिन्। ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस्। सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन्, ‘आफूजत्तिकै अरुलाई बनाउने ठूलो कुरा हो। आफूमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरु नै थुप्रै क्षेत्र छन्। सहकारीमा लागेपछि आफू पनि बन्ने र अरुलाई पनि बनाउने हो।’

नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि सुरु भएर अहिले करिब चार हजार महिलाहरु महत्वपूर्ण ठाउँमा जनप्रतिनिधिको रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालले बताइन्। २०४६ सालको जनआन्दोलन देखि २०६२/०६३ सालको आन्दोलनमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले महिलाहरुले आन्दोलनमा शंखघोष नगरेको भए परिवर्तन सम्भव नहुने बताइन्।

हिजोका दिनमा पितृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उनले बताइन्। तर, पितृसत्ताले हामीलाई अठ्यायो अब पितृसत्तालाई ठेगान लगाउन मातृसत्ता चाहिन्छ भन्ने मान्यता महिला आन्दोलनको नभएको मन्त्री अर्यालको भनाई थियो। अबको महिला आन्दोलनको दिशा भनेको सशक्तिकरण नै भएको भन्दै उनले हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी दाबेदारी प्रस्तुत गर्नुपर्ने बताइन्। ‘अबको महिला आन्दोलनको दिशा सशक्तिकरणको हो। अब राजनीति, व्यवसाय, उद्यम, बैंक, कर्मचारी, कुटनीतिक नियोग लगायतका हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गरौं’, मन्त्री अर्यालले भनिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।