आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रवीन्द्र पत्नी विद्या राजनीतिमा होमिँदै, उपचुनावमा उम्मेदवारी दिने

रवीन्द्र पत्नी विद्या राजनीतिमा होमिँदै, उपचुनावमा उम्मेदवारी दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई सक्रिय राजाीतिमा ल्याउने तयारी नेकपाले गरेको छ। नेकपा कास्की जिल्ला कमिटी र गण्डकी प्रदेशले उनलाई राजनीतिमा ल्याउन छलफल थालेको हो।

विद्याले पनि पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गर्ने बताउँदै आएकी छन्। कास्कीमा गत साता आयोजित शोकसभामा उनले भनिन्, ‘रवीन्द्रको सपना पूरा गर्न पार्टीले दिएको भूमिका निर्वाह गर्न तयार छुँ।’ अब हुने उपचुनावमा कास्की २ बाट उनलाई उम्मेदवार बनाएर रवीन्द्रको सपना साकार बनाउनुपर्छ भनेर पार्टीभित्र बिस्तारै दबाब पनि बढेको छ। विद्या आफैमा गैरराजनीतिक महिला होइनन्। उनी अनेरास्ववियु केन्द्रीय कमिटीमा महिला विभाग प्रमुख भइसकेकी हुन्। त्यसैले राजनीति उनलाई कुनै नयाँ विषय नबन्ने उनका सहकर्मी बताउँछन्।

रवीन्द्रले कास्की क्षेत्र नं २ बाट लगातर तीनपटक चुनाव जितेका थिए। यो क्षेत्रमा नेकपाको पकड मानिन्छ। विद्या प्राध्यापन पेसामा आबद्ध छिन्। विद्या नेकपाका नेता राजन भट्टराईकी बहिनी (ठूला बुबाकी छोरी) हुन्। विद्याको परिवार काठमाडौं हात्तीगाैडामा बस्दै आएको छ।

कास्की क्षेत्र नं २ को यस्तो छ अवस्था

संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा रवीन्द्र अधिकारी यस क्षेत्रबाट निर्वाचित भएका थिए। पहिलो निर्वाचनमा देशभरबाट एमाले पराजित हुँदा पनि रवीन्द्रले जिते। त्यसपछि २०७४ सालमा नयाँ संविधानअनुसार नयाँ निर्वाचन क्षेत्र निर्धारण भयो। पहिलेको तुलनामा त्यो निकै ठूलो र चुनौतीपूर्ण थियो। तर अधिकारीका अगाडि यो केही थिएन। २०७४ सालको निर्वाचनमा यस क्षेत्रमा खसेको मतमध्ये रवीन्द्रले ५६ प्रतिशतभन्दा बढी मत ल्याएर जिते। यस क्षेत्रमा ७० हजार ६ सय ५१ मतदाता थिए। निर्वाचनमा ४९ हजार ९ सय १३ मत खसेको थियो। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए। अबको उपचुनावमा विद्यालाई यस क्षेत्रबाट उम्मेदवार बनाएमा यो मत बढ्ने नेकपाका नेताकार्यकर्ता बताउँछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।