आइतबार, साउन १७, २०८३

राउतसँगको सहमतिले देश द्वन्द्वमा जाने खतरा : यादव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपालले सरकार र सिके राउतबीच भएको सहमतिमा आपत्ती जनाएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले राउतसँग सरकारले सहमति गरेर देशमा विखण्डन ल्याउन खोजेको त होइन भन्ने आशंका उत्पन्न भएको बताए। 'विखण्डन कुनै मुद्दा हुन सक्दैन, स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता गरिएको छ, यो सकरात्मक हो। तर, सरकारले विखण्डनलाई मान्यता दिएको हो भने, त्यसलाई कसरी प्राथमिकता दिइयो हामी जवाफ चाहन्छौ।',  यादवले भने।

स्वतन्त्र पृथकतावादी आन्दोलनलाई राजपाले समर्थन नगर्ने बताउँदै उनले स्वतन्त्र मधेशका लागि उठेको यो मुद्दा भोलि अर्को ठाउँमासमेत उठ्न सक्ने कुरामा सरकार सजग रहनुपर्ने बताए। 'राजपाले विखण्डनवादलाई कहिल्यै समर्थन गर्दैन र गर्न पनि चाहन्न। देशको सार्वभौमता, एकता , अखण्डता जोगाउन राजपा कटिबद्ध छ।', उनले भने।

सरकारलाई आफ्ना माग तथा मुद्दाबारे बारम्बार जानकारी गराउँदासमेत चाँसो नदिएपछि आफूहरु सरकारबाट वाहिरिन बाध्य भएको उनले बताए। 'सरकारसँग धैरै पल्ट छलफल गर्‍याै‌, आफ्ना माग राख्यौं तर वास्ता गरिएन। सविधान संसोधन भएन। त्यसैले सरकारबाट वाहिरिन बाध्य भयौं।',यादवले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।