शुक्रबार, साउन ८, २०८३

तालिबानले रोकेन हिंस्रक गतिविधि

अफगानस्तान कब्जामा लिएपछि पनि तालिबानले हिंस्रक गतिविधि नरोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- अफगानस्तान कब्जामा लिएपछि पनि तालिबानले हिंस्रक गतिविधि नरोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

बीबीसीका अनुसार काबुल कब्जामा लिइसकेका तालिबानले देशैभर पकड जमाउँदै गइरहेका छन्। सो क्रममा आफ्नाविरुद्ध भइरहेका प्रदर्शनको विरोधमा तालीबानले गोली चलाएको बीबीसीले जनाएको छ। 

जलालाबादमा धेरै मानिसलाई गोली हानेको र केहीको निधनसमेत भएको बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार कुनार प्रान्तमा तीन जना बालकको गोली हानी हत्या गरिएको छ।

काबुलस्थित आफ्ना संवाददातालाई उधृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार हतियारधारी तालिबान लडाकुले विभिन्न ठाउँमा गस्ति गरिरहेका छन्। 

समाचार एजेन्सी एपीका अनुसार अफगानस्तानमा महिलाहरूले ज्यादै असुरक्षित महसुस गरिरहेका छन्। महिला फुटबल खेलाडी खालिदा कोपलले तालिबानका कारण असुरक्षित महसुस भएको भन्दै सहयोगको अपिल गरेकी छिन्।

प्रकाशित: Aug 19, 2021| 07:26 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।