आइतबार, साउन १७, २०८३

तातोपानीमा एकैसाथ डुबुल्की मारे देउवा-पौडेलले   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल म्याग्दीको तातोपानी कुण्डमा पुगेर डुबुल्की मारेका छन् । दुई नेताबीच सम्बन्ध खासै राम्रो नरहेको चर्चा चलिरहेका बेला दुई नेताले तातापानीमा सामुहिक रुपमा डुबुल्की मारेका हुन् । 

पार्टीको कामका लागि कांग्रेसका शीर्ष नेताहरु म्याग्दी पुगेका थिए । सोही अवसर पारेर सभापति देउवा र पौडेलले तातोपानीमा डुबुल्की मारेको म्याग्दी कांग्रेसले जनाएको छ । पार्टी राजनीतिमा अलग अलग धारको नेतृत्व गरिरहेका देउवा र पौडेल एकैसाथ स्नान गर्दा कार्यकर्ता भने खुसी देखिएका थिए ।

केहि महिना अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा वादल पनि तातोपानीमा डुबुल्की मार्न पुगेका थिए । आन्तरिक र वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको तातोपानी कुण्डमा बेला बेला राजनीतिक दलका नेताहरु डुबुल्की मार्न पुग्ने गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।