आइतबार, साउन १७, २०८३

धादिङबाट एक सय पाँच किलो चरेस बरामद 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- प्रहरीले धादिङबाट एक क्वीन्टल बढी चरेससहित तीनजना पक्राउ परेका छन्।

काठमाडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बस खानतलासी गर्नेक्रममा एक सय पाँच किलो चरेस बरामद भएको हो।

इलाका प्रहरी कार्यालय गजुरीद्धारा खटिएको प्रहरी टोलीले खानतलास गर्दा यात्रुवाहक बसबाट उक्त चरेस बरामद गरेको छ। चरेससँगै  बस चालक विरगञ्ज– ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका–७ का अनिल चौधरी र बाराकै बिन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।