आइतबार, साउन १७, २०८३

बार्सिलोनाको जित, मेस्सीले बनाए नयाँ रेकड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाले स्पेनिस ला लिगको शीर्ष स्थानमा अग्रता बढाएको छ । शनिबार राती भएको खेलमा रायो भालेकानोलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा अग्रता बढाएको हो । 

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, लुइस सुआरेज र जिराड पिकेले एक एक गोल लगरे । यता भालेकानोको लागि राउल डे तोमासले एक गोल फर्काए । 

खेलमा सुरुवाती अग्रता भने भालेकानोले लिएको थियो । खेलको २४ औं मिनेमा घरेलु टोलविरुद्ध राउल डे तोमासको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा भालेकानो पराजित भएको हो । 

३८ औं मिनेटमा पिकेले गोल गर्दै पहिलो हाफमा खेल एक एकको बराबरीमा ल्याए । त्यसपछि ५१ ऋौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । ८२ औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालदाई ३-१ को महत्वपुर्ण जित दिलाए । 

यस खेल सँगै मेस्सी बार्सिलानाका लागि ला लिगमा सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् । उनले हाल सम्म ला लिगाका ४ सय ४३ खेल खेलेका छन् । बार्सिलोनाका लागि सबै भन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीको पहिलो स्थानमा जाबि हर्नान्डेज छन् । उनले १९९८ देखी २०१५ सम्म बार्सिलोनाका हुन् ।

दोस्रो स्थानमा रहेका इनिस्टाले भने ४ सय ४२ खेल खेलेका थिए । इनिस्टाले २००२ देखी २०१८ सम्म बार्सिएलोनाका लागि ४ सय ४२ खेल खेल्दै ३५ गोल समेत गरेका छन् । तर, इनिस्टालाई पछि पार्दै मेस्सी बार्सिलोनाका लागि ला लिगाका सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् । 

यस जितसँगै बार्सिलोनाले २७ खेलमा ६३ अकं जोड्दै शीर्ष स्थानमा यथावत छ । पराजित रेलिगेसन जोनमा रहेको भालेकानोको २३ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान २७ खेलबाट ५६ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।