आइतबार, साउन १७, २०८३

वाल्मीकिमा रामगोपालको साथमा रचना वाचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ‘निरन्तर शनिबार’ कार्यक्रम वाल्मीकि क्याम्पसमा सम्पन्न भएको छ। साहित्यको विकासका लागि सक्रिय युवाहरुको समूले प्रत्यक शनिबार आयोजना गर्दै आएको उक्त कार्यक्रममा आज कवि रामगोपाल आशुतोष प्रमुख अतिथिका रुपमा रहेका थिए।

उनले युवाहरुको यो प्रयासले साहित्यको विकासमा ठुलो योगदान पुग्ने बताएका थिए । आशुतोषले आफू कुनै एउटा विचारमा बाँधिएर मात्र कविता नलेख्ने नभई आफ्नो सभ्यता, संस्कृति र स्थानीयताको नजिक रहेर लेख्ने गरेको बताएका थिए। वीपीको विचारबाट आफू प्रभावित भएको भन्दै  अरुमाथि अत्याचार गर्ने र उत्पीडनका विरुद्ध बोल्न नसक्ने कोही पनि प्रजातन्त्रवादी हुन नसक्ने जिकिर गरे।

कार्यक्रममा उनले ‘अर्गानिक प्रेम प्रस्ताव’, ‘शब्दहरु ए शब्दहरु’, ‘डाइपर युग र मान्छे’, ‘एक्लो उपत्यका’, ‘इतिहास नजान्नेलाई’, ‘भोकको रामायण’ र ‘फर्सीको जरा’ गरी सात वटा कविता सुनाएका थिए। कार्यक्रममा पूर्णिमा प्रतिविम्ब,  सुदर्शन शर्मा, राम अविरल बिस्ट, नवीन चिराग, सरोज राई, कविन्द्रलाल प्रधान, स्मिता श्रेष्ठ, रमेश बलामी, यामप्रसाद आचार्य, ऋचा, समाश्री, दलवीरसिंह बराइली, सोझो गाउँलेलगायतले रचना बाचन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।