पोखरा - पोखराको हलनचोकमा रहेको ‘क्लब ९९’ मा शुक्रबार राति आगलागी भएको छ। करिब ९ बजेतिर लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सक्रियतामा दमकल र खानेपानिको ट्याङ्करको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। सिलिण्डर पड्किएपछि क्लबमा आगलागी भएको प्रहरीले बताएको छ। आगलागीबाट लाखौंको क्षती भएको र वरपरका केही पसलहरुमासमेत क्षति पुगेकाे प्रहरी अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४