आइतबार, साउन १७, २०८३

ओली र प्रचण्डले रौतहटमा संयुक्त सम्बोधन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रौतहटमा सम्बोधन गर्ने भएका छन्। नेकपाको प्रदेश नम्बर २ कमिटिले आज (शनिबार) आयोजना गर्न लागेको जनसभालाई अध्यक्षद्वयले सम्बोधन गर्न लागेका प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए।

पार्टी एकतापछि तराई मधेशमा पहिलो पल्ट अध्यक्षद्वयले सम्बोधन गर्ने भएका हुन्। पार्टी एकता र मधेश मुद्दामा नेकपाको सन्देश जनतासामू पुर्‍याउन रौतहटमा जनसभा गर्न लागिएको बताइएको छ। मण्डलले सभामा करिब १ लाखको सहभागिता रहने दाबी गरे।

रेशम चौधरीलाई अदालतले जन्म कैदको फैसला सुनाएपछि सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको मधेशवादी दल राजपा र गत शुक्रबार मात्रै सिके राउतसँग सरकारले गरेकाे सहमति लगत्तै हुन लागेको सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पछिल्लो समय मधेशवादी दल सरकारबाट वाहिरिएपछि रौतहटमा हुन लागेको सम्बोधनका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।