काठमाडौं – काठमाडौंको बसुन्धारामा आगलागी भएको छ। आगलागी भएको घरमा निकै ठुलो आगोको ज्वाला बाहिर निस्किएको छ भने ग्यास पड्कीएको आवाज आएको थियो।
भरखरै आगलागी भएकाले स्थानीले प्रहरीलाई र दमकलका लागि खबर गरेका छन्। घटना स्थलमा समाचार तयार पार्दासम्म प्रहरी र दमकल पुग्न सकेको छैन। आगोको ज्वाला निकै ठुलो भएकाले स्थानीले आगो नियन्त्रणमा लिन सकेका छैनन्।
आगलागीको कारण बारे भने थाहा हुन सकेको छैन। आगलागीबाट ठुलो क्षती भएको अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४