आइतबार, साउन १७, २०८३

क्यान्सरकाे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - क्यान्सर केयर नेपाल र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलगायतका अन्य संस्थाहरुको संयुक्त आयोजनामा क्यान्सरसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। काठमाडौंस्थित साङ्ग्रिला होटलमा गत बिहीबारदेखि जारी चौथो 'एनसीएचसीओएन' सम्मेलनमा क्यान्सरको क्षेत्रमा कार्यरत विशेषज्ञहरुले सोधपत्र प्रस्तुत गर्नुका साथै छलफल गरिरहेका छन्।

सम्मेलनमा विशेष गरी महिलामा देखिने क्यान्सरको बढ्दो अवस्थालाई रोमथाम गर्न र यस क्षेत्रमा प्रयोग गर्नुपर्ने अत्याधुनिक प्रविधिबारे छलफल भैरहेको सम्मेलन आयोजकले जानकारी दिएको छ। सम्मेलनमा नेपाललगायत दक्षिण एसियाका गाइनेकोलोजिकल अनकोलोजिस्टहरुको सहभागिता रहेको छ। सम्मेलन शनिबार सम्पन्न हुनेछ।

क्यान्सर केयर नेपालले क्यान्सरसम्बन्धि जनचेतनामूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ। यो संस्थाले क्यान्सरको उपचारका लागि विपन्न वर्गका समुदायलाई विविध सेवा सुविधाहरु दिनुका साथै हालसम्म ३० हजार बढी महिलाको क्यान्सर स्क्रिनिङ गरिसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्