आइतबार, साउन १७, २०८३

माइती नेपालमा महिला दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - 'लैंगिक समानताका लागि समान सोच र विचार : सम्वृद्धिको आधार’राष्ट्रिय नारा सहित माइती नेपालले १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ। 

दिवसको अवसर पारेर संस्थाले माइती नेपालले चार जना सामाजिक अभियन्ता महिलाहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा मानव बेचबिखन र महिला हिंसाबाट प्रभावित भइ सोही क्षेत्रमा योगदान दिने सिता लोहनी, रत्ना सुनार, चनुमति बानिया र मिना गिरी रहेका छन् । उनीहरुलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो । 



माइती नेपालका अध्यक्ष विश्वराम खड्काको सभापतित्वमा आयोजित समारोहको प्रमुख अतिथी नेपाली चलचित्र जगतको पहिलो नायिका भुवन थापा चन्द थिइन् ।कार्यक्रममा माइती नेपाल परिवार, महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरुको सहभागिता थियो । 

सम्मानित हुने महिलाले अनुराधा दिदिको प्रेरणा र उच्च सोचको कारण आफूहरु काममा सफल हुन सक्षम भएको बताए । प्रमुख अतिथी भुवन चन्दले माइती नेपालले महिला र बालबालिकाको क्षेत्रमा गरेको योगदान प्रंशसनीय रहेको बताए । 

माइती नेपालका अध्यक्ष विश्वराम खड्काले नारी दिवसले महिला अधिकार तथा शसक्तीकरणका लागि क्रियाशिल हुन थप उर्जा प्रदान गरोस् भनी सुभकामना व्यक्त गरे। उनले महिलाको अधिकार, सामाजिक सुरक्षा र सम्मानका लागि साझा प्रयास आवश्यक रहेको बताए । नारी दिवसको अवसर पारेर माइती नेपालमा हरेक वर्ष नविन र रचनात्मक कार्यक्रम आयोजना हुनेगर्छ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।