आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त हुनुपर्छ : कमल थापा

विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त हुनुपर्छ : कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त नभएसम्म एक समूहको निर्णयको अर्थ नरहने बताएका छन्। शुक्रबार सरकार र स्वतचन्त्र मधेशको माग राख्दै आएका सिके राउतबीच भएको ११ बुँदे सहमतिपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले त्यस्तो मानसिकता जन्माउने आधार अन्त हुनुपर्ने बताएका हुन्। 

राष्ट्र विखण्डनको एजेण्डा त्याग गर्ने राउतको निर्णय स्वागतयोग्य रहेको थापाले उल्लेख गरेका छन्। उनले ट्वीटमा भनेका छन्, 'सिके रावतद्वारा राष्ट्र विखण्डनको एजेण्डा परित्याग घोषणा सकारात्मक छ।राष्ट्रिय अखण्डताको पक्षमा सशक्त आवाज उठाउंदै आएको राप्रपा यस घटनालाई सतर्कतासाथ स्वागत गर्दछ।तर,बिखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त नभएसम्म एक समुहको निर्णयको अर्थ रहँदैन भन्ने हाम्रो मान्यता छ'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।