आइतबार, साउन १७, २०८३

सिके राउतले बाटो बिराएनन् : ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले सिके राउतले बाटो नबिराई राष्ट्रिय एकता र अखण्डताका पक्षमा उभिएर असाधारण निर्णय क्षमता देखाएको बताएका छन् । सिके राउत र सरकारबीच शुक्रबार भएको सहमति घोषणा सभामा सम्बोधन गर्दै ओलीले भने, ‘सिके राउतमा असाधारण निर्णय क्षमता देखेँ। राष्ट्रिय एकता, जाति, धर्म र समुदाय नलडाउने, समृद्धिमा अगाडि बढ्ने उहाँको निर्णय असाधारण छ ।’

प्रधानमन्त्री ओलीले एउटा इन्जिनियर र वैज्ञानिक राउतले बाटो बिराउलान् भन्ने आफूलाई ठूलो चिन्ता रहेको तर आजकै दिनदेखि अन्त्य भएको बताए। उनले भने, ‘एउटा इन्जिनियर र वैज्ञानिक राउतले बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने थियो । आज खुसी लाग्यो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।