आइतबार, साउन १७, २०८३

मुलुक दुर्घटनामा फस्ने खतरा छ : कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले हिन्दु राष्ट्रको माग सम्बोधन गर्न नसके मुलुक अर्को ठूलो दुर्घटनामा फस्न सक्ने खतरा रहेको बताएका छन्। राप्रपाले थालेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुर्खेत आइपुगेका थापाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। ‘हिन्दु धर्मको मागलाई राज्यले समयमै सम्बोध गर्न सकेन भने मुलुक दुर्घटमा फस्न सक्छ।’ थापाले भने, ‘८० प्रतिशत नागरिकका माग बोकेर राप्रपाले मेची–महाकाली अभियान थालेको हो।’ 

हिन्दु धर्मको मागले धार्मिक हिंसा फैलिदैन? भन्ने प्रश्नमा थापाले धार्मिक हिंसा नहुने तर आजभोली सरकार आफैले जातिय विभाजन ल्याउन खोजेको आरोप लगाए। अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलेको आरोप पनि लगाए। ‘देशमा अहिले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको छ’, उनले भने, ‘जसरी सरकारले पाएको बहुमतका आधारमा काम गर्नुपथ्र्यो त्यो हुन सकेको छैन्।’ केही तत्वहरु देश टुक्राउने सड्यन्त्रमा लागि रहेको भन्दै सडकमा झण्डा बोकेर विद्रोह र आतंक मच्चिदा पनि सरकार लाचार बनेको आरोप लगाए।

जनताको मागका सम्बन्धमा सरकार गम्भिर नभए चैत पहिलो हप्ताबाट जनसंघर्षमा गर्ने चेतावनीसमेत दिए। राप्रपाले नेपाल सरकारलाई २२ बुँदे माग सहितको माग पत्र सम्बोधन नगरे आफूहरु जनसंघर्षको विकल्प भएको बताए। पूर्ण राजसंस्था सहितको लोकतन्त्र स्थापना गर्न गोलमेल सम्मेलन, खस आर्यलाई पनि १० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने, धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, भारतसँगको खुला सिमा थप नियमन लगाएतका २२ बुँदे माग सम्बोधन नभएको त्यसपछि आउने परिस्थितिको जिम्मेवार सरकार बन्नुपर्ने उनको धारणा थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।