शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हामी बुद्धका सन्तान, हाम्रो रगतमा अहिंसा छ : सिके राउत

हामी बुद्धका सन्तान, हाम्रो रगतमा अहिंसा छ : सिके राउत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तराई मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्ने माग राख्दै आएका सिके राउतले हामी सबै नेपाली बुद्धका सन्तान भएकाले सबैको रगतमा अहिंसा रहेको बताएका छन्। सरकार र राउन पक्षबीच शुक्रबार भएको ११ बुँदे सहमति घोषणा सभामा सम्बोधन गर्दै राउतले भने, ‘हामी बुद्धका सन्तान हो। अहिंसा हाम्रो रगतमा बसेको छ। कसैले सिकाउनै पर्दैन। तराई पहाड जहाँ पनि अहिंसा हुनुपर्छ । बुद्ध र गान्धीको आदर्शबाट हामी अगाडि बढेका छौँ।’

आफूहरूको आन्दोलन कुनै पनि बेला विस्फोट लिने डर रहेको भन्दै उनले यसलाई शान्तिपूर्ण रुपमा अवतरण गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, ‘उहाँले हाम्रो आन्दोलनलाई कदर गर्नुभयो। यसलाई राजनीतिक स्पेस दिनुभयो।’ साथै उनले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, सुशील कोइरालालाई पनि आफ्नो आन्दोलनलाई सकारात्मक रुपमा लिएको भन्दै धन्यवाद दिएका छन्। उनले समुदाय–समुदाय र जातजातिबीच लडाउने तत्त्वलाई कुनै पनि प्रकारको स्पेस नरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।