शनिबार, साउन १६, २०८३

देशभर विस्तार हुदै मोबाइल इन्स्योरेन्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मेरो सुरक्षाको मोबाइल ‘प्रोटेक्शन प्लान’ उपत्यका बाहिर पनि विस्तार भएको छ। मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट समेत मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो।

नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरे। उनले मेरो सुरक्षाको योजना ग्राहक, मोबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको बताए। उनकाअनुसार नारायणगढको एटुजेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागी हुन सकिनेछ।

संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने बताए। राजधानीमा सफलता पाएपछि उपत्यकाबाहिर पनि यसको माग बढेकाले विहीबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
 
संघका अनुसार निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहुँबाट पनि यो सेवा शुरु हुनेछ। मेरो सुरक्षाले यसअघि बीरगंजमा आफ्नो सेवा विस्तार गरिसकेको छ । सेवा शुरु गरेको पाँच महिनाको अवधिमा नै दश हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आवद्ध भइसकेको संघको भनाइ छ।

दैनिक एक सय पचास जना नयाँ प्रयोगकर्ता उक्त प्लानमा सहभागी हुने जनाइएको छ। प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई  एक लाख रुपैयाँ बराबरको बीमा सेवा उपलब्ध गराइनेछ।

संघका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लानअन्तरर्गत नयाँ मोबाइल पाउने छन्। साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउनेछ।

उक्त सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको पाँच प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ। प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्