शनिबार, साउन १६, २०८३

मुख्यमन्त्री भन्छन्- 'कसैले चाहदैमा मैथिली सकिदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लामो इतिहास बोकेको मैथिली भाषालाई कसैले समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन् । हजारौं वर्ष पुरानो इतिहास रहेको मैथिली भाषालाई ओझेलमा पार्ने कसैले सोच्नपनि नहुने उनको भनाइ छ ।

मैथिली विकास कोषले आयोजना गरेको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन कार्यक्रममा बिहिबार बोल्दै मुख्यमन्त्री राउतले नेपालकै सबैभन्दा बढी बोलिने दोस्रो भाषा प्रदेश २ को पहिलो भाषा हुनेतर्फ संकेतसमेत गरे ।

प्रदेश २ को कामकाजी भाषाबारे विवाद चलिरहेको बेला मुख्यमन्त्री राउतले भने,‘प्रदेश २ मा मैथिली भाषासँग अन्याय हुन्छ भनेर नसोच्नुस । यसको आफ्नै इतिहास छ, समृद्ध र परिकृष्ट भाषाको रुपमा मैले मैथिलीलाई बुझेको छु ।’

मैथिलीलगायत प्रदेश २ मा बोलिने सबै मातृभाषालाई सम्मान दिनुपर्ने भन्दै मुख्यमन्त्री राउतले सम्पर्क भाषाको रुपमा सबैले ध्यान पु¥याउनुपर्ने उल्लेख गरे । ‘मैथिली बोल्नेले भोजपुरी बोल्न समस्या आउन सक्दछ, भोजपुरी बोल्नेलाई मैथिलीको,’ राउतले भने,‘यस समस्यातर्फ हामीसबैले मनन गर्नुपर्ने जरुरी छ ।’ 

यसअघि राज्यसत्ताको विभेदका कारण मैथिली पछाडी परेको भन्दै राउतले मैथिलीलगायत सम्पूर्ण मातृभाषालाई माथि उकास्ने जिम्मेवारी अब प्रदेश सरकारको काँधमा आएको स्पष्ट पारे । ‘विगतमा सत्ता सञ्चालन गरेकाहरुलाई आरोप लगाएर हामी उम्किन सक्दैनौं,’ राउतले भने,‘भाषा, कलासंस्कृति संवद्र्धन गर्ने जिम्मेवारी हामीमाथी आएको छ । र, यो जिम्मेवारी हामी पुरा गरेर छोड्छौं ।’

सरकार कार्यान्वयनमा आएको एक वर्ष बितिसक्दासमेत प्रदेशको नामाकरण, राजधानी र भाषासम्बन्धी प्रस्ताव प्रदेश सरकारले ल्याउन नसकेको राउतअघि बोलेका वक्ताहरुको जबाफ फर्काउँदै उनले आफूहरु चाँडै यो प्रस्ताव ल्याउने तयारीमा रहेको जानकारीसमेत गराए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले विद्यालय तहसम्म न्यूनतम एक विषय मातृभाषामा अध्ययन अध्यापन गराउने व्यवस्था गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका थिए । यसैगरी सबैभन्दा बढी बोलिने भाषा रहेकोले प्रदेशको कामकाजी भाषाको रुपमा मान्यता दिँदै जनकपुमा मिथिला प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नतर्फ प्रदेश सरकारले पहल गर्नुपर्ने चौधरीको भनाइ थियोे ।

१८ फागुनदेखि ६ दिनसम्म चलेको महोत्सवमा भाषा, साहित्य, कलासंस्कृति, आमसञ्चार, नाट्य क्षेत्रलगायतका विषयमा गम्भीर छलफल चलेको थियो । यसैगरी महोत्सवमा भारत, अफगानिस्तान, कर्णाली प्रदेश र जनकपुरका कलाकारहरुले विभित्र सातवटा नाटक मञ्चन गरेका थिए ।

महोत्सवमा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, भाषाविद् डा.रामावतार यादव, डा.संजीव उप्रेती, डा.बीरेन्द्र पाण्डेयलगायतका व्यक्तिहरुले आ–आफ्ना धारणाहरु व्यक्त गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।