शनिबार, साउन १६, २०८३

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिवन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- ७८ घुस लिएको सार्वजनिक भएपछि राजीनामा गरेका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिप्रतिबन्ध लगाइएको  छ । 

घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो । छानविन प्रक्रिया अगाडी बढिरहेका बेला आरोपितलाई विदेश जान रोकिएको अख्तियारले जनाएको छ । 

छानविनका लागि विभिन्न ब्यक्तिहरुसँग अख्तियारले पालै पाले बयान लिइरहेको छ । उसले पाठकसँग पनि बयान लिने तयारी गरेको छ । उनले घुस लिएको गोप्य भिडियोमा काम नभए रजीनामा दिन्छु इन्डिया पस्छु समेत भन्न भ्याएका थिए । त्यसकै आशंकामा उनलाई विदेश जान रोक लगाइएको हो ।
 
चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।