शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन २३ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

तनहुँ हाइड्रोपावर र सिएमसी बीचको ठेक्का सम्झौता तोडियो

काठमाडौं- तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड वर्कस) निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ४ माघ २०७५ ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

प्रधानमन्त्री चढेकाे जहाज होल्डबारे छानबिन हुँदै

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा होल्ड गरिएकोबारे छानबिन सुरु गरेको छ। मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिलाई छानबिनको जिम्मेवारी दिइएको छ।

यस्ताे रह्याे नेकपाको श्रद्धाञ्जली सभा

काठमाडौं- नेकपाका नेताहरु पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र पर्याटन मन्त्री रविन्द्र अधिकारीको बिहीबार श्रद्धान्जली सभा सम्पन्न भएको छ।

निमित्तले गाडी र तालाचाबी लिएर हिँडेपछि वैद्यखानाका एमडी बिचल्लीमा

काठमाडौं : निमित्त प्रमुख हरिदेव यादवले केन्द्रीय कार्यालयको तालाचाबी र गाडी लिएर सम्पर्कविहीन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप खरेल बिचल्लीमा परेका छन्।

सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

काठमाडाै‌ - थुनामा रहेका सीके राउतलाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

डा.केसी भन्छन् : 'सरकारको कार्यशैली लुटतन्त्र र दण्डहीनता'

काठमाडाै‌ं - डा. गोविन्द केसीले अहिलेको सरकारको कार्यशैली लुटतन्त्र र दण्डहीनता भएको आरोप लगाएका छन्। बिहीबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'भ्रष्टहरुलाई उन्मुक्ति र पुरस्कार दिइने यही लुटतन्त्र र दण्डहीनता नै अहिलेको सरकारको कार्यशैली बनेको छ।' भ्रस्टाचार र अपराधलाई नियन्त्रण गर्नुको सट्टा सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अनेक अंकुश लगाउने र विरोधका आवाजहरुलाई दबाउने अभ्यासमा सक्रिय बनेको उनको आरोप छ।

साफको प्रदर्शनले नेपाललाई गौरम्भावित पार्ने छ : प्रशिक्षक खड्का

काठमाडौं- नेपाली महिला टोलीमका मुख्य प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनस खेल्ने २० सदस्यीय टोलीको घोषणा गरेका छन् । नेपालको बिराटनगरस्थित सहित रगंशालामा आयोजना हुने पाँचौ साफमा लागि प्रशिक्षक खड्काले २० सदस्यीय नेपाली पहिला टोलीको घोषणा गरेको हुन्। 

असनमा आगो निभाउन यसरी खटिए सेना,प्रहरी र स्थानीय

काठमाडौं- काठमाडौंको व्यस्त बजार असनको मखन टोलमा आगलागी भएको छ। रञ्जु तुलाधरको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्न सुरक्षकर्मी परिचालन गरिएको छ।

प्रचण्डको गीतासार : हामी केही लिएर जाँदैनौ

काठमाडौं - दस वर्ष सशस्त्र संघर्ष गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मानिसको मृत्युबारे पहिलोपल्ट आफ्नो परिभाषा सुनाएका छन्। नेकपाका नेता भरतमोहन अधिकारी र सो पार्टीका अर्का नेता एवम् पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति नेकपा केन्द्रीय सचिवालयले श्रद्धाञ्जली दिन बिहीबार आयोजित सभामा सम्बोधन गर्दै उनले यस्तो परिभाषा गरेका हुन्। उनले मृत्यु कि प्वाँखजस्तो हलुको कि पहाड जस्तो भारी हुने बताए। उनले अघिकारीद्वयको निधन पहाड जस्तो गह्रौं भएको पनि दाबी गरे। 

शेखरमाथि फेरि खनिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता शेखर कोइरालामाथि खनिएका छन्। विराटनगर पुगेका सभापति देउवाले शेखरकै कारण पार्टीमा विवाद निम्तिएको आरोप लगाएका छन् । कोइरालाले सार्वजनिक कार्यक्रममा गएर जथाभाबी बोलेर रडाको मच्चाएको आरोप देउवाको छ।

डाक्टरले बिरामी कुट्दा अस्पतालमा तनाव

भैरहवा - दाँतको उपचार गर्ने क्रममा लापरबाही गरेको भन्दै आफन्तले होहल्ला गरेपछि अवस्थालाई सामान्य गराउन प्रहरीले उपचारमा संलग्न चिकित्सक र उपचार गराउन गएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

दुई किलो सुन र १० किलो चादीसहित समातिए व्यापारी 

धनगढी – कैलालीको चिसापानीबाट २ किलो बढी सुन र १० किलो बढी चादीसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले सार्वजनिक गरेको छ। २ किलो ३ सय ग्राम सुन र १० किलो चादीसहित पक्राउ परेका रमेश कुमार सैजुलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। 

यस्तो छ नेपालको संघीय नक्सा

काठमाडौं-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचनाबमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।

विप्लवको गाउँमा प्रहरी छापा

भैरहवा - नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेकपाका केन्द्रीय अध्यक्ष नेत्रविक्रम चन्द विप्लवको गाउँमा छापा मारेको छ। कपिलवस्तुको सुन्दरी डाँडामा छापा मार्दा प्रहरीले एकजना व्यक्तिसहित केही थान हतियार बरामद गरेको हो।

किन भेला हुँदैछन् मानव धर्मका लाख भक्त?

इटहरी - मानव धर्मको कार्यक्रममा झापाको धुलाबारीमा तीन देशका भक्तजन भेला हुने भएका छन्। आजदेखि २ दिनसम्म झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ नामक कार्यक्रममा नेपालसहित भुटान र  भारतका भक्तजन आउने भएका छन्।

किन फस्दैछन् युवा लागूऔषधमा

सुर्खेत - फागुन ७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध कारोबारीमा संलग्न ७ जनालाई पक्राउ गर्‍यो। नेपालगन्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गर्दा सुब्बाकुना चेकपोस्टबाट वीरेन्द्रनगर ९ का २३ वर्षिय किरण घले पक्राउ परे। उनको साथबाट प्रहरीले ३ ग्राम ४ सय ९० मिलिग्राम ब्राउनसुगर नियन्त्रणमा लियो। करिब ३ घन्टापछि सोही चेकपोस्टबाट वीरेन्द्रनगर १ की १८ वर्षीया अमृता कार्की पक्राउ परिन्। उनको साथबाट प्रहरीले ६ ग्राम ५ सय ८० मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लियो।

काइलीको कमाल : २१ वर्षमै अर्बपति, पछि परे मार्क जुकरबर्ग

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।

‘निर्मला हत्याको प्रमाण नष्ट गर्ने आठ प्रहरीविरुद्ध मुद्दा’

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या घटनामा दिलीपसिंह बिष्टलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टसहित आठजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो। 

हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न : कमल थापा

कृष्णनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे। 

कलङ्की-महाराजगञ्ज सडक कहिले विस्तार हुन्छ ?  

काठमाडौँ- कोटेश्वर-कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर-कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ ।

लगानी सुरक्षा गर्ने कानून बनाउँदै प्रदेश-२

काठमाडौं- प्रदेश-२ ले लगानीकर्ताको लगानी सुरक्षा गर्ने कानून बनाउँदैछ। लगानी आकर्षण नभएसम्म प्रदेश समृद्धि नुहने भएकोले लगानी वृद्धि गर्न लगानी सुरक्षाको कानून बनाउन लागेको हो।

सोमपालले अमेरिकामा क्रिकेट खेल्ने पक्का

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले अमेरिकाको टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यसअघि केन्यामा हुने भनिएको टी-२० प्रतियोगिता लागि स्थगित गरेका सोमपालले उक्त टी-२० प्रतियोगिता कही साता सरे पछि उनले अमेरिका क्रिकेट खेल्ने भएका हुन्।

नगरको विरोधमा बीच सडकमै फोहोर 

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले मुख्य सडकमै फोहोर फ्यालेर विरोध गरेका छन् ।

विप्लवको राप्ती बन्दले रोल्पाकाे जनजीवन प्रभावित

रोल्पा- प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । 

बार्सिलोनाले सिजनको पहिलो उपाधि जित्ने मौका गुमायो

एजेन्सी- स्पेनिस ला लिगा क्लब जिरोनाले अर्को स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै स्पेनिस सुपर कोपा डे क्याटलुनिया फुटबलको उपाधि जितेको छ । बुधबार राती भएको फाइनल खेलमा बार्सिलोनालाई १-० को झिनो अन्तरले पराजित गर्दै जिरोनाले उपाधि उचालेको हो ।

कैलालीबाट २ किलो ३ सय ग्राम सुनसहित व्यापारी पक्राउ 

कैलाली- धनगढीका एक ब्यापारीलाई प्रहरीले दूइ किलो तीन सय ग्राम सुनसहित पक्राउ गरेको छ। कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले कैलालीको चिसापानीमा चेकजाँचका क्रममा उक्त सुन सहित पक्राउ गरिएको जानकारी दिए ।

‘माया झ्याईं झ्याईं झ्याईं...’

काठमाडौं – एन्जिला रेग्मी र विशाल निरौलाको आवाजमा रहेको रोमान्टिक गीत ‘माया झ्याई झ्याई झ्याई...’ सार्वजनिक भएको छ।  जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको गीत बुधबार सार्वजनिक भएको हो।

जनकपुर कला, साहित्य महोत्सव : मिथिला र मैथिलीका लागि ऊर्जा थप्ने विश्वास

जनकपुरधाम - मैथिली विकास कोषले आयोजना गरेको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आज सकिँदै छ। १८ फागुनबाट सुरु भएको महोत्सवमा कला, संस्कृति, साहित्य, नाट्य कला, भाषालगायतका विषयमा गम्भीरतापूर्वक छलफल चल्यो। नेपाल तथा भारतका विद्धानहरुले मैथिली भाषा र संस्कृतिबारे खुलेर चर्चा गरे। कलासंस्कृति, भाषा, साहित्यबाहेक महोत्सवमा नेपालको मोफसल र केन्द्रीयस्तरमा गरिने पत्रकारिताले पनि स्थान पायो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।