शनिबार, साउन १६, २०८३

प्रधानमन्त्री चढेकाे जहाज होल्डबारे छानबिन हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा होल्ड गरिएकोबारे छानबिन सुरु गरेको छ। मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिलाई छानबिनको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री ओली चढेको यती एयरको एटिआर विमान गत मंगलबार झापाबाट फर्कने क्रममा विमानस्थलमा एयर ट्राफिक समस्या भएपछि केहिबेर आकाशमै होल्ड भएको थियो। यती एयरलाइन्सको सो विमानले काठमाडौंको आकाशमा ३ चक्कर लगाएको थियो।

जहाजका यात्रु ‘भिभिआइपी’ रहेको जानकारी हुँदासमेत जहाजलाई किन होल्ड गरियो भन्नेबारे छानबिन गरिने भएको छ। कुनै पनि जहाजमा ‘भिभिआइपी’ यात्रु रहेको अवस्थामा कुनै विशेष अवस्थामा वा सुरक्षा खतराविना जहाजलाई होल्ड वा डाइभर्ट गर्न मिल्दैन। बिरामी परेका प्रधानमन्त्री ओली चढेको जहाज होल्ड गर्नुको कारणबारे समितिले सत्यतथ्य छानबिन गरी दोषी देखिएमा कडा कारबाही गर्ने नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।