काठमाडौं : निमित्त प्रमुख हरिदेव यादवले केन्द्रीय कार्यालयको तालाचाबी र गाडी लिएर सम्पर्कविहीन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप खरेल बिचल्लीमा परेका छन्।
२०७३ फागुन १७ गते चार वर्षका लागि समितिको प्रबन्ध निर्देशकमा नियुक्त भएका डा. खरेललाई उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएपछि गत भदौ २४ गते पदबाट हटाउने निर्णय भएको थियो । मन्त्री यादवले आफू निकटका छैटौं तहका कर्मचारी हरिदेव यादवलाई निमिक्त प्रमुख बनाएका थिए।
सात र आठौं तहका तीन वरिष्ठ कर्मचारीलाई पछाडि पार्दै हरिदेवले निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए । अहिले उनै यादवले बा१झ ८२५० नम्बरको हाइलक्स गाडी लिएर सम्पर्कविहीन भएका छन् । उनले वैद्यखानाको बम्बई ढुकुटी, स्टोर र महत्त्वपूर्ण कोठाहरुको चाबी लिएर हिँडेपछि समितिको दैनिक प्रशासनिक र उत्पादन कार्य ठप्प भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४