शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा.केसी भन्छन् : 'सरकारको कार्यशैली लुटतन्त्र र दण्डहीनता'

डा.केसी भन्छन् : 'सरकारको कार्यशैली लुटतन्त्र र दण्डहीनता'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाै‌ं - डा. गोविन्द केसीले अहिलेको सरकारको कार्यशैली लुटतन्त्र र दण्डहीनता भएको आरोप लगाएका छन्। बिहीबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'भ्रष्टहरुलाई उन्मुक्ति र पुरस्कार दिइने यही लुटतन्त्र र दण्डहीनता नै अहिलेको सरकारको कार्यशैली बनेको छ।' भ्रस्टाचार र अपराधलाई नियन्त्रण गर्नुको सट्टा सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अनेक अंकुश लगाउने र विरोधका आवाजहरुलाई दबाउने अभ्यासमा सक्रिय बनेको उनको आरोप छ।

डा. केसीले मेडिकल माफिया र कालो बजारी गर्ने निजी मेडिकल कलेजमाथि तत्काल कानुन बमोजिम कारबाही गर्न चेतावनी दिए। एमबीबीएस, बीडीएस र नर्सिङ् लगायतका कार्यक्रमहरुमा निजी मेडिकल कलेजहरुले अर्बौंको कालो बजारी गरेको उनकाे आरोप छ।

डा. केसीले आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग तत्काल सम्बोधन गर्दै नाजायज रुपमा असुलिएको अवैध रकम तत्काल व्याजसहित फिर्ता गराउन माग गरेका छन्। उनले किस्टलगायत अन्य मेडिकल कलेजहरुमासमेत यस्तै ठगी भइरहेकाले दोषी उपर कडा कारबाहीको माग गरे। डा. केसीले माफियाको स्वार्थमा पारित गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसमेत संसोधनको माग गरेका छन्। उनले आफूसँग भएका सम्झौताहरु यथासिघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

डा. केसीले दुई तिहाईको सरकार माफियाको स्वार्थमा लागेर काम गरिरहेको आरोप लगाए। 'सरकार र सत्तारूढ़ दलले देखाएको रवैयाले यो सरकार स्वास्थ्य र शिक्षामा गुणस्तर र पहुँच हैन आफ्ना आसेपासेहरुको  व्यापारिक स्वार्थ र नफाखोरी सुनिश्चित गर्न लागीपरेको प्रमाणित भएको छ।', डा. केसीले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।