काठमाडौं- नेपाली महिला टोलीमका मुख्य प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनस खेल्ने २० सदस्यीय टोलीको घोषणा गरेका छन् । नेपालको बिराटनगरस्थित सहित रगंशालामा आयोजना हुने पाँचौ साफमा लागि प्रशिक्षक खड्काले २० सदस्यीय नेपाली पहिला टोलीको घोषणा गरेको हुन् ।
इटहरी, झापा र विराटनगरको बन्द प्रशिक्षण पश्चात मुख्य प्रशिक्षक खड्काले ६ जना यू–१९ का खेलाडी सहति २० खेलाडीको छनोट गरेका हुन् । उनले साफका लागि अन्तीम टोलीको घोषणा गर्न निकै कठिन भएको बताएका छन् ।
‘प्रशिक्षणमा रहेका सबै खेलाडी उत्तिकै उत्कृष्ट रहेकाले अन्तिम टोलीको घोषणा गर्न निकै कठिन थियो । तर, छनोट भएका खेलाडीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने छन् ।’ प्रमुख प्रशिक्षक खड्काले भने, ‘मलाई विश्वास छ । यो समय नेपाली टोलीले नेपालीको शिर उचो राख्ने छन् ।’
यस प्रतियोगिताका लागि प्रशिक्षक खड्काले पुर्व कप्तान अनु लामा, सुनिता चौधरी र विमला चौधरीलाई टिमबाट राखेका छन् । प्रतियोगिता फागुन २८ गते विराटनगरको सहिद रंगशालामा सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।
२० सदस्यीय महिला टोली :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना र मन माया लिम्वु
मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी र अनिता के सी
स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान र सावित्रा भण्डारी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४