काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी(स्कुल अफ एजुकेशन एण्ड स्कुल अफ आर्टस) मा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ।
काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, केयुका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय लगायतले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
काउन्टरले केयु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग पुग्ने बताइएको छ। एजुकेशन र अर्टस विषयमा पिएचडीसम्मको पढाइ हुने केयुमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन्। विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको सम्बन्धलाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा तीन हजार छ सय ६५ वटा ‘पीओएस’ मेसिनबाट सेवा दिइरहेको जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४