शनिबार, साउन १६, २०८३

प्रचण्डको गीतासार : हामी केही लिएर जाँदैनौ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दस वर्ष सशस्त्र संघर्ष गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मानिसको मृत्युबारे पहिलोपल्ट आफ्नो परिभाषा सुनाएका छन्। नेकपाका नेता भरतमोहन अधिकारी र सो पार्टीका अर्का नेता एवम् पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति नेकपा केन्द्रीय सचिवालयले श्रद्धाञ्जली दिन बिहीबार आयोजित सभामा सम्बोधन गर्दै उनले यस्तो परिभाषा गरेका हुन्। उनले मृत्यु कि प्वाँखजस्तो हलुको कि पहाड जस्तो भारी हुने बताए। उनले अघिकारीद्वयको निधन पहाड जस्तो गह्रौं भएको पनि दाबी गरे। 

उनले अधिकारीको निधनले पीडा हुने भन्दै यसलाई मानवीय संवेदनासँग तुलना गरे। उनले इच्छाशक्तिको बलमा शोकलाई शक्तिमा बदल्नुपर्ने बताए।  प्रचण्डले भने, ‘बाँचुन्जेल राम्रो काम गरेर बिदा हुन गारो रहेछ। यो सरदर मानिसले सक्ने कुरा रहेनछ।’ प्रचण्डले मानिसको निधनबारे गीतासार यसरी व्यक्त गरे, ‘हामी केही लिएर जाँंदैनौ। धन, पैसा र घर लाँदैनाै नांगै जान्छौं, यो पनि समीक्षा गरौं।’

नेकपाका नेता तथा पूर्वमन्त्री भरत मोहन अधिकारीको शनिबार निधन भएको थियो भने पर्यटनमन्त्री अधिकारीको अघिल्लो साताको बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।