शनिबार, साउन १६, २०८३

शेखरमाथि फेरि खनिए देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता शेखर कोइरालामाथि खनिएका छन्। विराटनगर पुगेका सभापति देउवाले शेखरकै कारण पार्टीमा विवाद निम्तिएको आरोप लगाएका छन् । कोइरालाले सार्वजनिक कार्यक्रममा गएर जथाभाबी बोलेर रडाको मच्चाएको आरोप देउवाको छ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग देउवाले भने, ‘कोइराला नेतृत्वमा आउनै नपाउने, चुनावमा उठ्नै नपाउने जस्ता कुरा मैले कहिल्यै गरेको छैन। तर शेखरले जथाभाबी बोल्दै हिँडेपछि मैले जवाफ फर्काएको हुँ।’ आफूले जथाभाबी नबोल्न पटकपटक सम्झाए पनि शेखरले नटेरेको देउवाले बताए। उनले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ, यहीँ पनि भनेको हुँ, तर उहाँले नटेरेपछि जवाफ दिएको हुँ।’

देउवाले पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताए। उनले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको जानकारी गराए। ‘सभापति को ?’ भनेर निर्वाचनले बताउने भएकाले अहिले नै यसबारेमा बखेडा झिक्नु जरुरी नभएको उनको भनाइ थियो। चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरू बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताए। वाइडबडी विमान खरिदमा घोटालाबारे राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली बिरामी भएकाले यसबारे नबोल्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।