शनिबार, साउन १६, २०८३

डाक्टरले बिरामी कुट्दा अस्पतालमा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - दाँतको उपचार गर्ने क्रममा लापरबाही गरेको भन्दै आफन्तले होहल्ला गरेपछि अवस्थालाई सामान्य गराउन प्रहरीले उपचारमा संलग्न चिकित्सक र उपचार गराउन गएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ का ७ वर्षीय बालक अनुभव विक एकहप्ता अगाडि लुम्बिनी अञ्चल अस्पतालमा दाँतको उपचार गराउन गएका थिए। चिकित्सकले उनको एउटा दाँत उखेल्नु पर्ने र अर्को आरसिटी गर्नुपर्ने बताएपछि एन्टीबायोटिक खाएर एक हप्ता पछि पुनः आमासँग अस्पताल आएका ती बालकको उपचारको क्रममा गिजामा नदुख्ने सुई लगाउँदा दुखेर चिच्याउँदा चिकित्सकले पिटेको भन्दै आमाले हल्ला गरेपछि अस्पतालमा एकाएक तनाव उत्पन्न भएको थियो।

अस्पतालमा उपस्थित अन्य सर्वसाधारणले पनि चिकित्सकको विरोध गर्न थालेपछि लुम्बिनी अञ्चल अस्पतालमा केहीबेर तनाव सृजना भएको र सो घटनाको बारेमा थप बुझ्न दुबै पक्षलाई ईलाका प्रहरी कार्यलयमा ल्याई घटनाको वास्तविकताको बारेमा छलफल भइरहेको प्रहरी निरीक्षक क्रृषीराम घर्तिले बताए। उनले भने ‘दुबै पक्षलाई ल्याएका छौं। केही बेरमा निश्कर्षमा पुग्छौं। ’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।