शनिबार, साउन १६, २०८३

घट्यो ओपो एफनाइनको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ–ओपो एफनाइनको मूल्य तीन हजार ६ सय रुपैयाँ घटेको छ। पहिले ४१ हजार ५ सय ९० रुपैयाँ रहेको उक्त स्मार्टफोनको मूल्य समायोजनपछि ३७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

उक्त नयाँ मूल्य २०१९ को मार्च १ देखि नै लागू भइसकेको समेत कम्पनीको भनाइ छ। कम्पनीको अनुसार ओपोले नेपाली उपभोक्ताका लागि ओपो मूल्य समायोजन गरेको हो। समायोजित मूल्यले उपभोक्तालाई सेल्फी तथा गेमको नयाँ उचाई अनुभव गर्ने अवसर प्रदानमा  सहज बनाउने कम्पनीको विश्वास छ।

स्मार्टफोन ओपोले भोक प्रविधि सुसज्जित एफनाइन (४जीबी भ्यारिण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो।
सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ। यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियोसहितको १९.५ अनुपात ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ। वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ। यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दुई थोपा झैँ देखिन्छ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन्। यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको कम्पनीकाे भनाइ छ। स्क्रिनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रंगमा पेन्ट गरेको छ।

उद्योगकै अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको बताइएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्