धनगढी – कैलालीको चिसापानीबाट २ किलो बढी सुन र १० किलो बढी चादीसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले सार्वजनिक गरेको छ। २ किलो ३ सय ग्राम सुन र १० किलो चादीसहित पक्राउ परेका रमेश कुमार सैजुलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
उनी धनगढीमा रहेको निलम सुन चादी पसलका मालिक हुन्। उनीसँगै थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। सैजुसंगै कैलालीको कैलारी गाउँपालिका–५ कि २५ वर्षीया सिता कुमारी चौधरी पनि पक्राउ परेकी छन्। उनको संलग्नता बारे नखुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट चाँदीका विभिन्न सामाग्रीसहित ३ थान मोबाइल सेट र बा १९ च ७४१३ नम्बरको कार पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।
थप कारबाहीका लागि उनीहरूलाई बरामद सुन चाँदीसहित राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूर पश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पाठाइने प्रहरी उपरीक्षक तिम्सिनाले बताए।
तिम्सिनाले सैजुसँग भेटिएको सुन मध्य एक किलोको काठमाडौं बैकबाट किनेको बिल भएपनि अरुको बिल नभएको जनाए। बैंकबाट किनेको सुन प्लेनबाट धनगढी पु¥याइसकेर भेटिएको सबै सुन तस्करबाट नै किनेको हुन सक्ने उनले आशंका गरे। अबैध सुन कारोबारीमा संलग्न भएको आशंकामा सैजुलाई प्रहरीले पहिले देखिनै निगरानीमा राखेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४