शनिबार, साउन १६, २०८३

लगानी सुरक्षा गर्ने कानून बनाउँदै प्रदेश-२

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रदेश-२ ले लगानीकर्ताको लगानी सुरक्षा गर्ने कानून बनाउँदैछ। लगानी आकर्षण नभएसम्म प्रदेश समृद्धि नुहने भएकोले लगानी वृद्धि गर्न लगानी सुरक्षाको कानून बनाउन लागेको हो।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा समृद्धिका प्रसस्तै आधारहरु रहेको वताउदै लगानी विना संमृद्धि संम्भव नभएकोले लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार तयार रहेको बताए। लागनी आकर्षण गर्न जुन सुकै समस्याको समाधानमा आफु लागि पर्ने उनको भनाइ छ। ‘यसका निम्ति आवश्यक कानून निर्माणको प्रक्रिया शुरु गरिसकेका छौं,’ उनले भने ‘आगामी चैत मसान्तभित्र प्रदेशमा उद्योग सम्बन्धी कानून बनिसक्ने छ।’ उनले लगानीकर्ताहरुलाई प्रदेश–२ मा लगानीका लागि आह्वान समेत गरे।

प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कृषि तथा कृषि सँग संवन्धित उद्योगको प्रसस्तै सम्भावना भएको र त्यसका लागि प्रदेश सरकारले आन्तरिक सडक संञ्जाल तथा अन्य भौतिक पूर्वाधारहरुको विस्तारमा समेत जोड दिएको जानकारी गराए।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सरकारले भूमी बैंकको परिकल्पना गरिरहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको बताए। ‘प्रदेशले शिक्षामा समेत लगानी बढाएको छ। जसबाट दक्ष जनशक्तिको आवश्यकता समेत पुरा गर्ने छ’, उनले भने।

नेपाल उद्योग परिसंघले सुरुवात गरेको नेपालको ‘समृद्धिको मार्गचित्र’ विषयमा परिसंघ तथा परिसंघ प्रबुद्ध परिषद प्रदेश-२ को राजधानी जनकपुरधाम पुगेर छलफल गरेको छ। परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपाल उद्योग परिसंघ तथा प्रदेश-२ सरकारले संयुक्त रुपमा उक्त प्रदेशको समृद्धिको मार्गचित्रको छलफल सम्पन्न गरेको हो।

छलफदमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश-२ भू-भाग सानो हुनु र जनसंख्या ठूलो हुनु त्यस प्रदेशको अनुकुलता रहेको बताए। समथर जमिन हुनु, सिंचाईको उपलब्धता तथा  उर्वरता उक्त क्षेत्रको ठूलो सम्भावना भएको उनको भनाइ छ।

प्रदेश-२ मा सम्पूर्ण राजनैतिक दलका नेता, नीति तथा योजनाकारहरुले भविश्यलाई ध्यानमा राखेर योजनाहरु बनाउनु पर्नेमा उनको जोड छ। उनकाअनुसार मानव विकासको सुचाङ्क भने अन्य प्रदेशहरुको तुलनामा न्युन रहेकोले शिक्षामा ठूलो लगानी गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याए।

‘विश्वका अब्बल विश्व विद्यालयहरुसँग समन्वय गरी देशमै नमुना शिक्षालय स्थापना गर्न सकिने ठाँउ छ,’ उनले भने ‘अव समग्रमा कुरा गरिरहने समय छैन, कुनै उद्योग विशेषको पहिचान गरी सो उद्योगको विकास गर्नु आवश्य छ। त्यस्तो उद्योगको पहिचान प्रदेशले नै गर्न सक्नु पर्छ।’

छलफमा उप-प्रधानमन्त्री तथा स्वाथ्यतथा जनसंख्या मन्त्री उपेन्द्र यादवले छोटो समयमा मुलुकमा धेरै ठूला राजनैतिक परिवर्तनहरु भएको र ती परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवश्यकता रहेको बताए। प्रदेश-२ को आर्थिक समृद्धिको आधार कृषि हुन सक्ने उनको भनाइ छ। ‘पुरानो प्रविधि तथा पुरानै शैलीको खेतिले प्रदेशले सोचेको आर्थिक समृद्धि हासिल गर्न सक्दैन,’ उनले भने ‘त्यसका लागि सोच बदल्नु पर्दछ। कृषिलाई आधुनीकिकरण गरिनु आवश्यक छ, व्यावसायिकरण गरिनु आवश्यक छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्